आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

एकै दिन कोरोनाबाट १० को मृत्यु

गोकर्णेश्वर खबर२९ श्रावण २०७७, बिहीबार ०६:५५ मा प्रकाशित (३ साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । हिजो बुधबार मात्र एकै दिन कोरोना संक्रमणको काराण १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हिजो बुधबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा पाँचसहित देशभर थप १० कोरोना सक्रमितको मृत्यु भएको छ ।

ललितपुरको किस्ट मेडिकल कलेजमा २, नेपाल मेडिसिटी र पाटन अस्पतालमा उपचाररत एक/एक र काठमाडौंको ह्याम्स अस्पतालमा एक जना कोराना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमित मृतकको संख्या ९३ पुगेको छ । केही दिनयता मृतकको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । (राजधानी दैनिक)