आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

देशभरका १२ जिल्लामा लकडाउन सुरु (सूचीसहित)

गोकर्णेश्वर खबर२१ श्रावण २०७७, बुधबार ०६:५६ मा प्रकाशित (३ साल अघि) ९४९ पाठक संख्या

काठमाडौं, साउन २१ । कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ ।

उनका अनुसार केही जिल्लामा पूर्ण निषेधाज्ञा लागू गरिएको छ भने केहीमा बढी प्रभावित रहेका स्थानीय तह र वडामा मात्रै निषेधाज्ञा गरिएको हो ।

गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ।

‘मंगलबारसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा कायम छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तह भित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ,’ गृह मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताएको राजधानी दैनिकले उल्लेख गरेको छ ।