आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको साधारण सदस्यबाट समेत हटाइयो

गोकर्णेश्वर खबर२४ श्रावण २०७८, आईतवार १८:५८ मा प्रकाशित (२ साल अघि) २६३ पाठक संख्या

काठमाडौं ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाललले गायक दुर्गेशलाई संस्थाको साधारण सदस्यबाट समेत निष्काशन गरेको छ । संस्थाको केन्द्रिय कमिटी बैठकले गायक थापालाई संस्थाको साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गरेको हो ।

थापाले हालै तीज गीत ख्यास् पुतली सार्वजनिक गरे लगत्तै विवादमा आएको थियो । महिलाहरुको महान चाड हरितालिका तीजको नाममा दुर्गेशले प्रयोग गरेको शब्द ख्यास् पुलतीे महिलालाई मात्र नभई संस्कृतीमाथीनै प्रहार भएको भन्दै समाजिक संजालदेखि संचार माधयमसम्म चर्को आलोचना भएको थियो ।
समाजमा अपाच्य शब्द प्रयोग गर्दै  लोक तथा दोहोरी गीतका नाममा विकृती फैलाउँने कार्यलाई निरुत्साहित गर्न प्रतिष्ठान अन्तरगत गठित विकृती, विसंगती न्युनिकरण समितिले कलाकार थापालाई  उक्त गीतको ख्यास् पुतली संशोधन गर्न गरेको अनुरोधलाई  वेवास्ता गरेर गीत सार्वजनिक गरेपछि प्रतिष्ठानले सदस्यता खारेज गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले उक्त गीतमा आपक्ति जनाउँदै भनेको  छ   ख्यास् पुतली गीतको विवाद, जनगुनासो र प्रतिष्ठानसंग लोक गीतकार्मी र सुभचिन्तकहरुको सकरात्मक अपेक्षालाई ध्यान दिदै प्रतिष्ठानबाट कलाकार दुर्गेश थापलाई गीत प्रकाश पुर्व नै ख्यास् पुतली शव्द हटाउन लिखितम हार्दिक अनुरोधलाई बेवास्ता गरि उनले आफ्नो प्रतिष्ठानसगँ कुनै सम्बन्ध नरहेको स्पस्टिकरण दिएको हुनाले प्रतिष्ठानले उनलाई सदस्यताबाट हटाउने निर्णय गरिएको हो  ।

थापा यसअघि पनि पटकपटक विवादमा तानिदैं आएका थिए ।