आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

उर्गेन दोङको ‘तामाङ दाई’ युट्युबको ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

गोकर्णेश्वर खबर२९ पुष २०८०, आईतवार १५:१४ मा प्रकाशित (३ महिना अघि) २०८ पाठक संख्या

काठमाडौं । चर्चित गायक तथा संगीतकार उर्गेन दोङको नयाँ म्युजिक भिडियो ‘तामाङ दाई’ सार्बजनिक गरेको दुई दिन नहुंदै युट्युबको ट्रेण्डिङ १ मा पर्न सफल भएको छ ।
उर्गेनको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको म्युजिक भिडियो अहिलेसम्म ४ लाख १३ हजार भन्दा धेरै पटक हेरिएको छ । युट्युवमा कमेन्ट पनि गीत र भिडियो प्रस्तुतिको तारिफ गरेका छन् । साथै तामाङ पन र तामाङ मनलाई गीत संगै भिडियोमार्फत प्रस्तुत गरेको दृश्यले समाजमा सकरात्मक सन्देश समेत दिने प्रतिक्रियाहरु आएको छ ।

पारि बनमा न्याउली रुदा कोईली वारी गीत गाउंछ, मेरो गाउंको तामाङ दाईले बैगुनिलाई गुन लाउंछ जस्ता मर्मस्पर्शी शब्दहरुले भरिएको यो गीत यसै त गीत सुन्नेहरुको मन छुने खालको रहेको छ भने भिडियो हेरेपछि एक पटक हेरेर मन बुझाउनै नसकिने खालको रहेको छ । तामाङ दाईभित्र हाल राजनितिमा देखिएको विक्रिति, अस्वस्थ प्रतिस्पर्धा संगै धनि गरिव विचको विभेद, गरिव परिवारमाथि गरिएको गलत व्यबहार र ज्यादतिलाई समेत भिडियोमा उतारेको देखिन्छ ।

गायक उर्गेनले यसअघि दर्शकहरूलाई , निक्कै नै सुपरहिट म्युजिक भिडियोहरु दिइसकेका छन् । सांगीतीक क्षेत्रमा खारिएर आएका दोङ टाढा भए पनि भन्ने बोलको गीतबाट सांगीतीक दुनियामा चर्चा बटुल्न सफल भएको हो । तिन बर्ष अगाडि मात्रै सार्बजनिक गरिएको टाढा भए पनि गीतले दर्शक स्रोताको मन जित्न सफल भएका दोङले त्यस पछि भने उनले आफ्ना गीतका म्युजिक भिडियोहरुमा दर्शक स्रोताहरुको मायाको कहिल्यै अभाव महशुस गर्नु परेन । जबदेखी उनले सांगीतीक क्षेत्रमा चर्चा पाए तवदेखी उनका हरेक गीतले त्यत्तिकै चर्चा र दर्शक स्रोताको माया पाए । उनका केही २र४ वटा गीत बाहेक सबै जसो गीतले युट्युव ट्रेण्डिङमा स्थान ओगट्नुका साथै मिलियन्स भिउज कमाउन समेत सफल भएको छ । उनका हाल सम्मका गीतहरुले युट्युव ट्रेण्डिङमा परेको रेकर्ड अनुसार कत्तिपयले उनलाई युट्युव ट्रेण्डिङ गायकको रुपमा समेत हेर्ने गर्छन ।

यस अघिका लेकाली माया, सईय्या, ङाला माया, मेरी सुवा, मै झुटो, पाउजु छम छम, जवानीले, लजालु मायालु, छोटो जीवन, माया तितो मिठो लगायतका थुप्रै सुपरहिट म्युजिक भिडियोहरुले नेपाली गीत संगीतको डिजिटल बजारलाई नै टेवा पुग्ने गरि बजार उकालो चडाएको छ ।

अहिले ट्रेनेडिङ नम्बर १ मा पर्न सफल तामाङ दाईको शब्द, संगीत, एरेन्ज उर्गेन दोङको रहेको छ भने गीतमा आवाज पनि उनको नै रहेको छ । भिडियो तर्फ बिजय दोङको निर्देशनमा सिर्जना तामाङ, बिजय दोङ, सुन्दर धिताल लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ भने भिडियो छांयंकन तथा सम्पादन जितु तामाङले गरेको हुन ।
भिडियो