आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

गोकर्णेश्वर खबर२३ कार्तिक २०८०, बिहीबार १४:२४ मा प्रकाशित (६ महिना अघि) १५७ पाठक संख्या

काठमाडौं– सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मूलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

मन्त्री शर्माले भनिन्, ‘नेपाली क्रिकेट राष्ट्रिय टिमले निकै ठूलो सफलता हासिल गरेको छ । बैठकमा त्यसबारे पनि छलफल भयो, सरकारले अब विराटनगर, मूलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने निर्णय गरेको छ ।’