आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

एन्फाको विशेष साधारण सभा आज, अध्यक्षमाथिको अविश्वास प्रस्तावमा मतदान हुने

गोकर्णेश्वर खबर२३ कार्तिक २०८०, बिहीबार ०८:२४ मा प्रकाशित (६ महिना अघि) १२३ पाठक संख्या

काठमाडौँ– अखिल नेपाल फुटबल संघ ९एन्फा०को विशेष साधारण सभा आज हुँदैछ । मकवानपुरको हेटौँडास्थित रोयल पार्टी प्यालेसमा हुने साधारण सभामा अध्यक्ष पंकज बिक्रम नेम्वाङमाथि लागेको अविश्वास प्रस्तावको छिनोफानो हुनेछ ।

आजको साधारण सभामा अध्यक्ष नेम्वाङमाथिको अविश्वास प्रस्तावमाथि मतदान हुने बताइएको छ । मतदानमा एन्फाका १०५ मध्ये ८७ सदस्यले मतदान गर्ने छन् ।

एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तगीको मागसहित अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

एन्फा विधान अनुसार अध्यक्षसहित पदाधिकारी बर्खास्तगीका लागि दुई तिहाई मत आवश्यक पर्छ । एन्फाको मतभार अनुसार नेम्वाङलाई हटाउन ५८ सदस्यको मत आवश्यक पर्दछ ।

अध्यक्षविरुद्ध दुई तिहाइ पुर्याउन संस्थापन इतरलाई अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सदस्यसहित थप ९ मत आवश्यक छ ।

असोज १७ गते बसेको एन्फाको आपतकालीन बैठकले बर्खास्तगीको प्रस्ताव फेस गर्न मकवानपुरको साधारणसभा बोलाएको थियो ।