आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

आत्तरखेल यूवा समूहको आयोजनामा ‘चाचा हुईई दौड’ प्रतियोगिता हुँदै, प्रथमलाई १० हजार पुरस्कार

गोकर्णेश्वर खबर२३ आश्विन २०८०, मंगलवार १३:३८ मा प्रकाशित (६ महिना अघि) २४८ पाठक संख्या

काठमाडौं । आत्तरखेल यूवा समाजले दशैं पर्वलाई लक्षित गर्दै दौड प्रतियोगिताको आयोजना गरेको छ ।

चाडपर्व नजिकिएसँगै चाडपर्वलाई उल्लासमय बनाउन साथै कला संस्कृतीलाई जर्गेना गर्ने मनाशयले चाचा हुईई दौड प्रतियोगिता राखिएको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा महिला पूरुष दुबै सहभागी हुन पाउँने छन् ।

प्रतियोगितामा प्रथम हुनेले १० हजार नगद पुरस्कार पाउँने छन् भने द्धितिय स्थान हासिल गर्नेलाई ५ हजार र तृतियलाई ३ हजार पुरस्कार राशि राखिएको छ ।

प्रतियोगितामा सहभागी हुन कुनै दर्ता शुल्क लाग्ने छैन् । सुन्दरीजलबाट जोरपाटी नारनथान सम्म हुने दौड प्रतियोगिता अशोज २८ मा हुनेछ ।