आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

समाजसेवी रोज विष्ट सहित १० महिला सम्मान

गोकर्णेश्वर खबर२२ फाल्गुन २०८०, मंगलवार १८:४१ मा प्रकाशित (१ महिना अघि) ३३७ पाठक संख्या

काठमाडौँ / गृहिणी महिला संघ नेपालले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा समाजसेवी रोज विष्ट लाई सम्मान गरेको छ ।
कार्यक्रममा फरक विधामा रहेर समाजलाई विशेष योगदान पुर्‍याएका १० महिलालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा अभिनेत्री केकी अधिकारी, समाजसेवी रोज विष्ट, गायिका तथा कार्यक्रम प्रस्तोता विष्णुमाया पौडेल, नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी, महिला उद्यमी देविका बुढाथोकी छन् ।

यसैगरी राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मा, कानुनविद् तृष्णा न्यौपाने, वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्जिता शर्मा र शिक्षाविद् प्रा.डा. पदमा अर्याललाई पनि सम्मान गरिएको छन् ।