आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

प्रचण्ड, विप्लव र प्रकाण्डबीच भेटवार्ता

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार ०७:५५ मा प्रकाशित (११ महिना अघि) १३१ पाठक संख्या

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको हो । भेटवार्तामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी भएका थिए ।

भेटवार्तामा समसामयीक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बताईएको छ । पछिल्लो समय प्रचण्डले माओवादीका सबै धार एकै ठाउँमा हुनुपर्ने बताउँदै आएका छन् । यसअघि विप्लवले प्रचण्डले राम्रो काम गरे आफूहरु साथ दिन तयार रहेको बताएका थिए ।