आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

भावि पुस्ताले गौरव गर्ने नारायण मन्दिर बनाउन महामन्त्री गनन थापाको जोड

गोकर्णेश्वर खबर१९ भाद्र २०७९, आईतवार ०९:२५ मा प्रकाशित (१ साल अघि) ३६९ पाठक संख्या

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले गोकर्णेश्वर ३ नारायणडाँडामा संस्कृति झल्कने र पर्यटकको लागि आकर्षक नारायण मन्दिर निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा पर्ने र बुढानीलकण्ठ नगरपालिकाको सिमानासँग जोडिएको नारायणडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भावि पुस्ताले गौरव गर्ने गरि संस्कृतिक पहिचान झल्कने गरी पर्यटकीय आकर्षणको मन्दिर बनाउन आवश्यक रहेको बताए ।

वागमति प्रदेश सभा सदस्य न्हुछे नारायण श्रेष्ठले पुर्खाहरुको नासो सांस्कृतिक सम्पदाहरुको संरक्षण र विकास गर्नु हाम्री सबैको कर्तव्य रहेकोमा जोड दिए ।

कार्यक्रमलाइृ सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले धार्मिक सांस्कृतिक सम्पदाले सम्पन्न र गोकर्णेश्वर नगरपालिकाको नाम पनि धार्मिक सांस्कृतिक पहिचानमा आधारित भएकोले त्यस्ता सम्पदाको संरक्षण र विकासका लागि नगरपालिकाले प्राथमिकता दिएर काम गरिरहेको बताए । रिसालले नारायणडाँडामा नारायण मन्दिर निर्माणका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी, उपमेयर सान्नानी लामाले सांस्कृतिक क्षेत्रको विकासले स्थानीय क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै सांस्कृतिक क्षेत्रको विकासमा स्थानीय वासिन्दाको भूमिका महत्वपूर्ण हुने बताईन् ।

कार्यक्रममा नारायण महायज्ञ उद्यापन, धर्मस्तम्भ प्राणप्रतिष्ठाका लागि सहयोग गर्ने १ सय जना व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो भनें नारायण मन्दिर निर्माणका लागि गहन चर्चा समेत भएको थियो ।

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता, वागमति प्रदेश सभा सदस्य न्हुछे नारायण श्रेष्ठ तथा गोनपाका मेयर दीपक रिसालको विशेष आतिथ्यता तथा उपमेयर सान्नानी लामा, वडा अध्यक्ष मुरारी प्रसाद कुईकेल, बु.न.पा. वडा नं. २ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।