आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

तपाईको यो साता (२०७९ साउन २२ देखि २८ गतेसम्मको साप्ताहिक राशिफल)

गोकर्णेश्वर खबर२२ श्रावण २०७९, आईतवार ०७:३८ मा प्रकाशित (१ साल अघि) २६८ पाठक संख्या

मेष– यो साता धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ । मनोरञ्जनमा सहभागिता पनि भइएला । साताको उत्तरार्ध बाट घर व्यवहारको समस्याले सताउनेछ । यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग कलेजी वा खैरो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष– यो साता सामाजिक कार्यमा सफलता हात लाग्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । बोलीको प्रभाव पनि बढ्नेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग ध्वाँसे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन– नयाँ कार्यको योजना बन्नेछ । धार्मिक यात्राको योग छ । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३।६ र शुभ रङ्ग ध्वाँसे वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि शिव भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट– यो साता मन भावुक र उत्ताउलो बन्नसक्छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च बढ्नेछ । प्रेममा मनमुटाव पनि आउला । मङ्गलवारबाट कुनै कुराले मनमा शान्ति छाउनेछ । राजनैतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । पुँजी बजारले पनि साथ दिनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह– यो साता शुभ कार्यमा सरिक भइनेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । आदर्श व्यक्ति सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि विष्णु भगवानको स्मरण गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या– यो साता धर्म संस्कृति तथा रीतिरिवाजमा तपाईँको सहभागिता हुनेछ । कृषि कार्यहरू अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय रहेको छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भोलेबाबाको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला– यो साता नयाँ र शुभ समाचार सुन्न पाइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धन लाभ समेत हुनेछ । मध्य साताबाट बन्न लागेको काम बिग्रनसक्छ । नाक तथा घाँटीमा समस्या आउनेछ अतस् स्वास्थ्य प्रति सजग रहनुहोला । । यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो वा हल्का रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।

वृश्चिक– यो साता माध्यम नै रहनेछ । नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । साताको मध्यमा धार्मिक यात्राको योग र योजना बन्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । खानपिनको विविध परिकार खान पाइनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग बैजनी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु– यो साता एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । शेयर बजारको क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको आरधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर– यो साता पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएका अधुरा कामहरूको पुनस् योजना बन्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । बुधबार बाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

कुम्भ– यो हप्ता नयाँ र शुभ कार्यको योजना बन्नेछ । कीर्तिमानी काम गर्ने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिन–यो साता शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । मनमा दुबिधा पनि उत्पन्न हुनेछ । बुधवारबाट प्रेमीको सहयोग पाइनेछ । प्राविधिक र राजनैतिक कार्यमा सफलता । यो साताका लागि शुभ अङ्क ३,४ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको पूजा अर्चना गरि गरेको कार्य बाट अधिक सफलता मिल्नेछ ।