FLASH NEWS
आज: २४ श्रावण २०७९, मंगलवार | Tue, 09, Aug, 2022 Gokarneshwor TV HD

अखिल क्रान्तिकारीको दुवै पक्षसँग प्रचण्डको छलफल

गोकर्णेश्वर खबर१७ श्रावण २०७९, मंगलवार २३:२३ मा प्रकाशित (६ दिन अघि) ५१ पाठक संख्या

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रातृ संगठन अखिल क्रान्तिकारीको दुवै समूहसँग छलफल गरेका छन् ।

पदाधिकारी गठन एकलौटी गरेको भन्दै असन्तुष्ट पवन कार्की समूह र अध्यक्ष पञ्चा सिंह समूहसँग प्रचण्डले मंगलबार खुमलटारमा छलफल गरेका हुन् । अखिलमा देखिएको विवादबारे छलफल गर्न प्रचण्डले दुवै पक्षलाई बोलाएका थिए ।

संगठनमा विवाद लामोसम्म राख्नु नहुने भन्दै प्रचण्डले यसबारेमा स्थायी कमिटीले केही निर्णय गर्ने बताएको कार्कीको भनाइ छ । प्रचण्डले पदाधिकारी चयनमा केही कमजोरी भएको स्वीकार गर्दै सुधारेर जानेबारे छलफल गरेका थिए ।