आज: १ जेष्ठ २०८१, मंगलवार | Tue, 14, May, 2024

एमालेको चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’, भिडियो बनाएर एक लाखसम्म पुरस्कार

गोकर्णेश्वर खबर२६ चैत्र २०७८, शनिबार १५:३० मा प्रकाशित (२ साल अघि) ३८३ पाठक संख्या

काठमाडौं । नेकपा एमालेले चुनाव केन्द्रित ‘टिकटक कम्पिटिसन’को आयोजना गरेको छ । उक्त प्रतिस्पर्धामा सहभागी भएकामध्ये उत्कृष्टले एक लाखसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।

क्रियटिभ र लोकप्रिय गरी दुई विधामा पुरस्कार छुट्याइएको छ । क्रियटिभ भिडियो निर्माण गर्ने तथा अत्याधिक भ्युज भएको भिडियो निर्माताले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, द्वितीय र तृतीय हुनेले क्रमश ५० हजार र २५ हजार नगद प्राप्त गर्नेछन् ।

भिडियो नेकपा एमालेले अघि सारेको योजना र विकासमा आधारित हुनुपर्ने बताइएको छ । भिडियोमा ह्यासट्याग भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीको प्रयोग गर्नुपर्ने छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ र साइबर सर्कलले एमालेको विचारधारा, विकास निर्माणको गतिविधि र पार्टीको सिद्धान्तलाई चर्चित भिडियो प्लेटफर्म टिकटकमार्फत नवीनता र सिर्जनशीलता पूर्वक समाजमा प्रस्तुत गर्न उक्त प्रतिस्पर्धाको आयोजना गरिएको हो ।