आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

रियल म्याड्रिडले चुम्यो सुपर कप च्याम्पियनको उपाधि

गोकर्णेश्वर खबर३ माघ २०७८, सोमबार ०८:५५ मा प्रकाशित (२ साल अघि) २१७ पाठक संख्या

काठमाडौं । साविक विजेता एथलेटिको बिल्वाओलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपर कप च्याम्पियन बनेको छ।

१० खेलाडीमा समेटिएको रियलले गए राती भएको फाइनलमा साविक विजेता एथलेटिको बिल्वाओलाई २–० ले हराउँदै उपाधि रक्षा गरेको हो।

साउदी अरबको रियादस्थित किङफाद इन्टरनेसनल स्टेडियममा रियललाई जिताउन लागि लुका मोड्रिच र कप्तान करिम बेन्जेमाले एक(एक गोल गरे।

खेलको ३८औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १(० ले अघि रहेको रियलले दोस्रो हाफमा थप एक गोल गरेको थियो।

उसका लागि बेन्जेमाले ५८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियलको जित पक्का गरे।

बेन्जेमाकै कडा प्रहारलाई पेनाल्टी बक्समा बिल्बाओका यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायतामा रियललाई पेनाल्टी प्रदान गरेका थिए।

खेलको ८७ औं मिनेटमा रियल १० खेलाडीमा समेटिन पुग्यो।

राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो काडै देखाउँदै मैदान बाहिर पठाएका थिए। तर त्यसको प्रत्यक्ष फाइदा डिफेन्डिङ च्याम्पियनले उठाउन सकेन।

प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले डाइभ दिँदै बचाएपछि बिल्बाओले गोल अन्तर घटाउने मौका गुमायो।

सिजनको पहिलो उपाधि जितेको रियल समग्रमा १२औं पटक सुपर कप च्याम्पियन बनेको हो। क्याटलान क्लब बार्सिलोनाले सर्वाधिक १३ पटक उपाधि जितेको छ । रियल बार्सिलोनालाई हराउँदै फाइनल प्रवेश गरेको थियो। यस्तै एथलेटिको मड्रिडलाई हराउँदै बिल्वाओले फाइनलमा पुगेको हो।