आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

यू-१९ एसिया कप : नेपाल र बंगलादेश भिड्दै

गोकर्णेश्वर खबर९ पुष २०७८, शुक्रबार ०९:१८ मा प्रकाशित (२ साल अघि) ३१३ पाठक संख्या

काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे शारजहा क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले यू-१९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

देव खनालको कप्तानीमा रहेको नेपाली टोली यस पटक टेष्ट नेशनलाई समेत हराउने लक्ष्यसहित युएई पुगेको छ । प्रशिक्षक बसन्त शाही ठकुरीले युएई जानुअघि टेष्ट नेशनलाई आश्चर्यचकित पार्ने लक्ष्य रहेको बताउँदै नकआउट चरणमा पुग्ने लक्ष्य रहेको बताएका थिए ।

समूह चरणमा नेपालले दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकासँग खेल्ने छ । यस्तै अर्को टिम कुवेत छ ।

प्रशिक्षक ठकुरीले समूहका कुनै टोलीलाई कमजोर नआँक्ने समेत बताएका छन् ।

राष्ट्रिय टिमबाट खेलिसकेका गुल्शन झासहित घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेका कप्तान देव, अर्जुन कुमाल, अर्जुन साउद, विवेक यादव लगायत खेलाडी नेपाली टिममा छन् ।