आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

घरेलु मैदानमा युनाइटेडमाथि लिभरपुलले सहज जित

गोकर्णेश्वर खबर२ पुष २०७८, शुक्रबार ०८:२४ मा प्रकाशित (२ साल अघि) ४४० पाठक संख्या

एजेन्सी । लिभरपुलले इंग्लिस प्रिमियर लिगमा रेलिगसन जोनमा रहेको न्यूक्यासल युनाइटेडमाथि उत्कृष्ट पूनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै घरेलु मैदानमा लिभरपुलले ३–१ को सहज जित निकालेको हो।

बिहीबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्सान्डर अर्नोल्डले गोल गरे। न्यूक्यासलका जोन्जो सेल्भेले गरेको गोल सान्त्वना बन्यो ।

खेलको सातौं मिनेटमा जोन्जो सेल्भेको गोलबाट न्यूक्यासलले घरेलु टोलीविरूद्ध सुरूआती अग्रता लिएको थियो। तर खेलको २१औं मिनेटमा डिएगो जोटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

२५औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले पहिलो हाफमै अग्रता लिन सफल भयो।

दोस्रो हाफको अन्तिम समयमा ट्रेन्ट एलेक्सान्डर अर्नोल्डले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे ।

यो जितसँगै दोस्रो स्थानमा यथावत रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी १ मा छोट्याएको छ।

लिभरपुलको १७ खेलबाट ४० अंक पुगेको छ। समान खेलबाट सिटीको ४१ अंक छ। पराजित न्यूक्यासल १० अंक जोडेर १९औं स्थानमा छ।