FLASH NEWS
आज: १३ माघ २०७८, बिहीबार | Thu, 27, Jan, 2022 Gokarneshwor TV HD

गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनाब पुस ११ र १२ गते हुने, निर्वाचन कार्यतालिका सार्वजनिक

गोकर्णेश्वर खबर१४ मंसिर २०७८, मंगलवार २१:३२ मा प्रकाशित (१ महिना अघि) ६७ पाठक संख्या

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन पुस ११ र १२ ९२६ र २७ तारिख० मा निर्वाचन हुने भएको छ। संघको निर्वाचन समितिले सूचना प्रकाशित गर्दै यसअघि मंसिर २९ (डिसेम्बर १५ तारिख) मा हुने निर्वाचन मितिलाई हेरेफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रलायले असोज ११ र कात्तिक १७ गते पत्राचार गर्दै निर्वाचन प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि निर्वाचन रोकिएको थियो । तर, अध्यक्ष कुमार पन्तले परराष्ट्र मन्त्रालयको निर्णयलाई चुनौति दिँदै पाटन उच्च अदालतमा मुद्दा दायर गरेका थिए । आइतबार अदालतले परराष्ट्र मन्त्रालयले दिएको निर्देशन तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि संघले निर्वाचनको प्रक्रिया अघि बढाएको हो ।

निर्वाचन समितिका अनुसार अब निर्वाचन तोकिएकै मितिमा हुने जनाइएको छ । मंसिर २० (डिसेम्बर ६)मा मतदाता नामावाली प्रकाशन, २१(डिसेम्बर ७)मा मतदाता नामावली उपर दाबी विरोध, २४ (डिसेम्बर १०) मा मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन समितिले जनाएको छ ।

यस्तै, मंसिर २५ (डिसेम्बर ११) मा उम्मेदवारको मनोनयन पत्र दर्ता, २६ {डिसेम्बर १२} मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, २७ (डिसेम्बर १३)मा उम्मेदवारविरुद्ध दाबी विरोध, २८ (डिसेम्बर १४) मा उजुरीउपर निर्णय, २९ (डिसेम्बर १५) मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन, पुस २ (डिसेम्बर १७) मा उम्मेदवारको मनोनयनपत्र फिर्ता गर्ने समय तोकिएको छ । त्यस्तै, पुस ३ (डिसेम्बर १८) मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने भएको छ ।

१० औं महाधिवशेनका लागि अध्यक्ष पदमा बद्री केसी, रविना थापा र कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ४८ पदाधिकारीका लागि हुने निर्वाचनमा करिब १ सयजनाले उम्मेदवारी घोषणा गरेका छन् । संघको केन्द्रीय निर्वाचनका लागि ६४ देशबाट ३५ सयजना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये यूके, अमेरिका र अस्ट्रेलियाका प्रतिनिधि चयनमा विवाद रहेको जनाइएको छ ।