आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

एनआरएनएको निर्वाचन ३० नोभेम्बरमा गर्ने निर्णय

गोकर्णेश्वर खबर३१ आश्विन २०७८, आईतवार १९:०० मा प्रकाशित (२ साल अघि) १७७ पाठक संख्या

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन ३० नोभेम्बरमा हुने भएको छ ।

यसअघि एनआरएनएको १० औँ महाधिवेशन तथा निर्वाचन अक्टोबर महिनामा हुने तय भएको थियो । तर प्रतिनिधि छनोटमा बिवाद पछि परराष्ट्र मन्त्रालयको निर्देशनमा तत्कालका लागि निर्वाचनका कार्यक्रम स्थगित भएको थियो ।

तत्कालका लागि रोकिएको निर्वाचन कार्यक्रम प्रतिनिधि छनोट लगायतका समस्याहरु समाधान गरी नोभेम्बर ३० मा गर्ने निर्णय गरिएको एनआरएनएका उपाध्यक्ष डा बद्री केसीले जानकारी दिनुभयो ।

शनिवार भर्चुअल माध्यमबाट बसेको कार्यसमिति बैठकले वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप गर्ने निर्णय गरेको छ ।
तर निर्वाचन ३० नोभेम्बरमा नै गर्ने तयारी भएको केसीले जानकारी दिनुभयो ।