आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024

बढ्यो सुनको मूल्य

गोकर्णेश्वर खबर११ भाद्र २०७८, शुक्रबार १३:४६ मा प्रकाशित (२ साल अघि) १९९ पाठक संख्या

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य बढेको छ।

यो साताको सुन कारोबार हुने अन्तिम दिन आज छापावाला सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको हो।

आज अर्थात् शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ।

बिहीबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। बिहीबार १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।