आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

गोकर्णेश्वर १ ओख्रेनीमा नवनिर्मित बोधिचैत्यको उद्घाटन मेयर चालिसेले गर्दै

गोकर्णेश्वर खबर५ भाद्र २०७८, शनिबार १८:३५ मा प्रकाशित (२ साल अघि) २५९ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका- १ ओख्रनी स्थित नवनिर्मित बोधिचैत्यको उद्घाटन नगर प्रमुख सन्तोष चालिसेले गर्ने भएका छन् ।

नवनिर्मित बोधिचैत्यको उद्घाटन भाद्र ७ गते (सोमबार) गोनपा १ सुन्दरीजल ओख्रनीमा एक कार्यक्रमकाबीच नगर प्रमुख चालिसेले गर्न लागेका हुन ।

गोकर्णेश्वरको आर्थिक तथा प्राविधिक सहयोगमा निमार्ण भएको बोधिचैत्य(झ्याङ्छ्युब छ्योर्तेन)को प्राणप्रतिष्ठान हाप्ने लामा गुरु लोपेन दोर्जे साङ्पो र बोधिचैत्य नगर प्रमुख चालिसेबाट उद्घाटन गर्न लागिएको गुम्बा व्यवस्थापन समिति तथा गौरी गाउँ गुठी परिवारले जानकारी दिएको छ ।

उद्घाटन समारोहमा उपस्थिति भई कार्यक्रमलाई सफल बनाइदिन समेत आयोजकले अनुरोध गरेको छ ।