आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

सुरक्षा मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रमः १०२ पोइन्ट रगत संकलन

गोकर्णेश्वर खबर२० जेष्ठ २०७८, बिहीबार ०७:०८ मा प्रकाशित (२ साल अघि) ५०९ पाठक संख्या

जेठ १९, काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा–२ को सहकार्यमा ब्लोदान एशोसिएशनद्वारा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै रक्तदान कार्यक्रम गरेको छ । कोरोनाको दोस्रो लहरसंगै नेपालमा संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले गरिएको निषेधाज्ञाका कारण रगतको अभाव भईरहेको बेला रक्तदान अभियान सञ्चालन अभियान सञ्चालन गरेको छ ।

बुधबार कामनपा – २ स्थित लाजिम्पाटमा वडा र एशोसिएशनको संयुक्त आयोजनामा भएको उक्त रक्तदान कार्यक्रममा १०२ पोइन्ट रगत संकलन भएको छ । नेकपा एमाले केन्द्रिय सदस्य एवम् सोही क्षेत्रका प्रदेश सांसद नारायण सिलवालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा राष्ट्रिय युवासंघका प्रतिनिधि, ब्लोदानका स्वयंमसेवक, नेपाल प्रहरीका प्रतिनिधिहरु लगायतले रक्तदान गरेका छन् । सांसद सिलवालले कार्यक्रममा बोल्दै निषेधाज्ञाविच कोरोना संक्रमति बिरामी र सुत्केरी महिलाहरुलाई रगतको अभाव भईरहेको बेला रक्तदान अभियानले थप सहयोग पुग्ने बताएका छन् । त्यस्तै वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले निषेधाज्ञाको विच सुरक्षा मापदण्ड अपनाई ठूलो संख्यामा रक्तदान गर्न सफल भएकोमा सम्पूर्ण रक्तदाताहलाई धन्यवाद दिएका छन् ।

 

कार्यक्रममा दरबार मार्ग वृत्तका डिएसपी रामेश्वर पौडेल, राष्ट्रिय युवा संघ नेपाल वडा कमिटिका पदाधिकारीहरु सहभागी रहेका थिए । उक्त अभियान सफल बनाउन युवा संघका केन्द्रिय सदस्य ललेन्द्र राई, प्रविन श्रेष्ठ, अमर तामाङ, अनुदीप खरेल, अशोक परियार, सोनाम शेर्पा, गणेश शेर्पा, रोशन महर्जन र निर्मल नकर्मी लगायतले महत्वपूर्ण भूमिका निभएका थिए ।

ब्लोदनले गत वर्षको लकडाउनमा पनि घरदैलो रक्तदान अभियान सञ्चालन गरी रगतको जोहो गरेको र यस पटक पनि रगत अभावकै कारण कसैको ज्यान गुमाउन नपरोस भनेर अभियान सञ्चालन गरेको ब्लोदानका प्रतिनिधिले बताएका छन् । रगतको आवश्यक भएमा निम्न नं. मा ९८६९५६८८०४ सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।