आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

प्रधानमन्त्री ओलीलाई दीपकराज गिरीको व्यंग्य: ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ’

गोकर्णेश्वर खबर१४ जेष्ठ २०७८, शुक्रबार १९:३२ मा प्रकाशित (२ साल अघि) ४६२ पाठक संख्या

काठमाडौं– अभिनेता तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा सक्रिय कलाकारमा पर्छन् । राजनीतिक विषय होस् या अन्य, उनी निकै चोटिलो किसिमले स्टाटसमार्फत व्यंग्य गर्छन् ।

शुक्रबार पनि उनले एक स्टाटस लेखे । आफ्नो ‘बा’लाई मूलपात्र बनाएर लेखेको उनको स्टाटस प्रधामन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधन प्रति लक्षित थियो भन्ने प्रष्ट बुझ्न सकिन्थ्यो ।

किनकी प्रधानमन्त्रीका समर्थकहरु उनलाई ‘बा’ भनेर सम्बोधन गर्छन् । यो सम्बोधन सामाजिक सञ्जालमा लेखिएका पोस्टले प्रष्ट्याउछ ।

दीपकराजले सानो छँदा आफूलाई ‘बा’ले देशको कथा सुनाउने गरेको लेखेका छन् । ‘सानो छँदा ‘बा’ले देशको कथा भन्थे । म मन्त्रमुग्ध भएर सुन्थें, बाका हरेक कुरामा ताली ठोक्ने हात यिनै हुन्’, उनले लेखेका छन् ।

उनले अहिलेको ‘बा’को कथालाई बुझ्न नसकेको हो कि भनी उल्लेख गरेका छन् । ‘तर आजकल ‘बा’का कुरा सुन्दा टाउको ठोक्न मन लाग्छ । हाम्रा ‘बा’को कथा भन्ने शैली पुराना भा हो कि, म धेरै बुझ्ने भा हुँ केहि था छैन’, उनले लेखेका छन् ।