आज: २ जेष्ठ २०८१, बुधबार | Wed, 15, May, 2024

प्रहरी हिरासतमा रहेका १८ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर७ जेष्ठ २०७८, शुक्रबार २०:५५ मा प्रकाशित (२ साल अघि) ३९४ पाठक संख्या

जनकपुरधाम– जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको कार्यालयको हिरासतमा रहेको १८ जना थुनुवामा कोरोना संक्रमण देखिएको छ ।

शुक्रबार आएको कोरोना परीक्षण रिपोर्ट अनुसार जिल्ला मातहतका १८ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका १६, ढलकेवर र खजुरीमा १÷१ जना गरी जम्मा १८ जना थुनुवामा संक्रमण देखिएको जानकारी दिए ।

‘अदालतले केही दिन पहिले मुद्दा सुनवाईमा ल्याउनु भन्दा पहिले परीक्षण गरेर ल्याउन दिएको निर्देशन अनुसार परीक्षण गराउँदा एक जनामा कोरोना पुष्टि भएको थियो,’उनले भने, ‘त्यसपछि तीन दिन पहिले जिल्लामा रहेको २६ जनाको कोरोना परीक्षण गराउँदा १६ जनामा पुष्टी भएको छ । बाँकी रिहा भएर घर गइसकेका छन् ।’

विभिन्न मुद्दाका सबै संक्रमितलाई स्वास्थ्य मापदण्ड पालना गरी राखेको डीएसपी मिश्रको दावी छ । तर, जिल्लामा तीन वटा थुनुवा कक्ष मात्र रहेको छ ।