आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

अष्ट्रेलियामा सञ्चारकर्मी टीका कार्कीको निधन

गोकर्णेश्वर खबर१६ फाल्गुन २०७७, आईतवार २३:०८ मा प्रकाशित (३ साल अघि) ६०० पाठक संख्या
सिड्नी– अष्ट्रेलियामा विगत दुई दशकदेखि सक्रिय सञ्चारकर्मी टीका कार्की शनिबार मृत फेला परेका छन् । उनी हिमालयन रेडियोका सञ्चालक थिए ।
सन् २००३ देखि नेपाली भाषाको कार्यक्रममार्फत हिमालयन रेडियोले यहाँको समूदायलाई सूचना प्रवाह गर्दै आएको थियो ।

नजिकका आफन्तहरुले निरन्तर सम्पर्कको प्रयास गर्दा पनि सफल नभएपछि उनलाई डलविच हिलस्थित निवासमा खोज्दा अचेत अवस्थामा फेला पारेका हुन् ।
एक्लै बस्दै आएका उनलाई सुतेकै अवस्थामा हृदयघात भएको अनुमान गरिएको छ । प्रहरीले कार्कीको शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।
हाल उनको शव लिडकम्बस्थित शवगृहमा राखिएको जनाइएको छ ।