आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

साइप्रसमा एक नेपाली युवतीद्वारा आत्महत्या

गोकर्णेश्वर खबर२३ मंसिर २०७७, मंगलवार ०७:३३ मा प्रकाशित (३ साल अघि) ७८५ पाठक संख्या

साईप्रस देशको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आईतवार राति अत्महत्या गरेकी छिन् ।

नेपालको दोलखा जिल्लाको गौरीशंकर गाउपालिका वडा न. ८ खरे घर भएकी हाल साईप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिय शुक्री तमागंले आत्महत्या गरेको प्रहरीलाई उधृत गर्दै गैरआवासीय नेपाली सघं साईप्रसले जनाएको छ ।

मृतक तमागं २०१९ साल अक्टोबर महिनामा नेपालको काठमाडौ ईन्टरनेशनल मेनपावरबाट साईप्रसको लार्नाका सहरमा घरेलु कामदारको रुपमा काम गर्न आएकी होनरी कन्सुलेट साईप्रसका प्रमुख डा. रामजिवन पन्जियरले जानकारी दिए ।

मृतक तमागंको शव उहाकै परिवारको सल्लाह अनुसार स्वदेश पठाउने डा. पन्जियरले बताए ।

आत्महत्याको कारण

प्राप्त जानकारी अनुसार मृतक युवती वैवाहिक सम्बन्ध मा बाधिएको एक वर्ष नपुग्दै २०१९ अगस्टमा साइप्रसमा आएकी थिइन् ।

श्रीमान सुबिन तामाङ नेपालमा ड्राइभरको पेशामा थिए । हिजो आइतबार एक दुर्घटनामा श्रीमान सुबिनको बलेरो दुर्घटनामा मृत्यु भएको खबर पाएपछि सोही रातमा आत्महत्या गरेको बताइएको छ ।

मृतक युवतिले टिकटक भिडियोमा श्रीमानको दुर्घटनाको भिडियो आफ्ना आमा बुबा सासू ससुरा सङ माफी याचना गर्दै आफू पनि आफ्नो “मुटु” संगै जान लागेको उल्लेख गरेकी थिईन ।

मृतक शुक्री बैवाहिक दुई बर्ष पुरा भएपनि घरेलु कामदारको रुपमा साईप्रस आएर श्रीमानको मृत्युको खबरको पिडा सहन नसकि आत्महत्या गरेकी हुन् ।