आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

तामाङ् सोसाइटी अफ एन एस् डब्लुको अध्यक्षमा सुन्दोर्जे तामाङ्

गोकर्णेश्वर खबर२२ मंसिर २०७७, सोमबार ०५:५५ मा प्रकाशित (३ साल अघि) ७५८ पाठक संख्या

सिड्नी , तामाङ् सोसाइटी अफ एन एस् डब्लुको हिजो सिड्निमा सम्पन्न साधारण सभाले सुन्दोर्जे तामाङ्लाई अध्यक्षमा निर्बीरोध चयन गरेको छ । नयाँ कार्यसमितिकोको उपाध्यक्षमा अनिल तामाङ्,अबिरल तामाङ् र बिशाल तामाङ्लाई चयन गरिएको छ ।

त्यसैगरी महासचिबमा ज्ञानक बाइवा, सचिबमा रोश्मी तामाङ्, कोषाध्यक्षमा कमल तामाङ्,सह कोषाध्यक्षमा प्रबिण पाख्रिन ,सास्कृतिक संयोजकमा सुबास तामाङ् ,युवा संयोजकमा योन्जी तामाङ्, प्रबक्तामा किशोर लामा र मेडिया एण्ड पब्लिकेसनमा सरु तामाङ् रहेका छन् ।

सुन्दोर्जे तामाङ्को सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा सस्थाका सस्थापक सल्लाहकार गणेश तामाङ्, सल्लाहकार निमा बम्जन र निबर्तमान अध्यक्ष दिल तामाङ्ले नयाँ कार्यसमितिलाई बधाई र शुभकामा दिदै सस्थाको मुल उद्देश्य प्राप्त गर्न आफुहरुले सक्दो साथ र सहयोग गर्ने बताए । कार्यक्रम सिड्निको क्याम्सी स्थित हिमालयन फुड मन्त्र नेप्लिज रेस्टुरेन्टमा सम्पन्न भएको थियो । २३ सदस्यीय कार्यसमिती सदस्य सँख्या रहेको उक्त समिती को बाँकी सदस्यहरु को चाडैनै चयन गरिने बताइएको छ ।