आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

एनआरएन महासचिव बिरुद्ध प्रयोगभएका ६६ जनाको नाम फर्जी भएको पुष्टि

गोकर्णेश्वर खबर१३ भाद्र २०७७, शनिबार १३:०९ मा प्रकाशित (३ साल अघि) ३०० पाठक संख्या

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई सम्वोधन गर्दै ६६ जनाको हस्ताक्षर सहितको पत्र फर्जी भएको भेटिएको छ ।

गैरआवासीय नेपाली संघको तर्फबाट स्पेनबाट प्रतिनिधत्व गर्ने चिन्तामणी सापकोटाले संघको वेवसाइटबाट नाम कपीपेष्ट गरेको पुष्टि भएको छ । गैरआवासीय नेपाली स्रोतका अनुसार सापकोटाले अधिकांसको हस्तारक्षर भन्दै संघको आइसीसीमा इमेल गरेका थिए । सापकोटा बिरुद्ध अरुको नाममा हस्ताक्षरमा किर्ते र फर्जि गरेको अभियोगमा साइवर अपराध मुद्धा वा संघभित्र अनुशासन समितिले कार्यवाहीको दायरामा ल्याउन सक्छ । ६६ जनामा मध्य संघका उपाध्यक्ष मन केसी र रविना थापाको नाम समेट मुछिएको थियो । उनीहरुले सो पत्रमा आफ्नो सहमति भएको औपचारिक घोषणा गरेका छैनन् ।

गैरआवासीय नेपाली संघको पुर्नसंरचना लगायत निःशुल्क सदस्यता वितरण, निर्वाचन प्रणाली लगायतका विषयमा पन्त र शर्माको सकृयतामा लोकप्रिय एजेण्डा पारित भएपछि संघको निर्वाचनलाई दशैं मनाउँदै आएका विचौलियाहरु अहिले पन्त र शर्मामा खनिएका छन् । संघको ७४ औं बैठकले दिएको शैद्धान्तिक सहमति अनुरुप आगामी विषेश महाधिवेशनमा सो प्रस्ताव प्रस्तुत हुनेछ ।