आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

शेर्पा सङ्घ युकेका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु

गोकर्णेश्वर खबर९ भाद्र २०७७, मंगलवार ०७:२९ मा प्रकाशित (३ साल अघि) ३८३ पाठक संख्या

लण्डन – शेर्पा सङ्घ बेलायतका अध्यक्ष साना शेर्पाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

भोजपुर स्थायी घर भएका ५१ वर्षीय शेर्पाको उपचारका क्रममा लण्डनको सेन्ट थोमस अस्पतालमा सोमबार दिउँसो १ बजे मृत्यु भएको पाल्पा समाज युकेका अध्यक्ष वाचस्पति रेग्मीले जानकारी दिए ।

गत असार २९ गते कोरोना संक्रमण देखिएपछि उनलाई केन्टको विलियम हार्भी अस्पतालमा भर्ना गरिएको थियो तर दुई हप्तासम्म पनि कुनै सुधार नभएपछि लण्डनको सेन्ट थोमस अस्पतालमा सारिएको थियो ।

एक साताअघि कोरोना परीक्षण गर्दा संक्रमण मुक्त भएको भनिए पनि उनको कलेजोको समस्यामा भने कुनै सुधार हुन सकेको थिएन । भूतपूर्व गोर्खा सैनिकसमेत रहेका शेर्पा आफ्ना तीन छोरा र श्रीमतीसहित बेलायतको केन्टमा बस्दै आएका थिए । – रासस