आज: ६ जेष्ठ २०८१, आईतवार | Sun, 19, May, 2024

यस्ता छन् असल श्रीमतीमा हुनुपर्ने २० गुण

गोकर्णेश्वर खबर८ भाद्र २०७७, सोमबार २२:५९ मा प्रकाशित (३ साल अघि) ४०८ पाठक संख्या

भनिन्छ, श्रीमान श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । त्यसैले श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । दम्पत्तीबीचको सम्बन्धलाई सुमधुर बनाउनको लागि दुवै जनाले धेरै बिषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने एक अनुसन्धानले देखाएको छ । पछिल्लो अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदाहरु यस्ता छन् ।

१. श्रीमानलाई अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।

२. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।

३. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।

४. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।

५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।

६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।

७. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।

८. कुनै दिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।

९. श्रीमानको पसिना ख्याल गर्नु ।

१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन्नु किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ ।

११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।

१२ . कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्याल गर्नु नभन्नु ।

१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।

१४ . घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।

१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।

१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु ।

१७. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।

१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।

१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।

२० . आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।