आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

कोरोनाको ‘हटस्पट’ प्रदेश २ मा ६२ जनाको मृत्यु, कुन जिल्लामा कति संक्रमित ? (सूचीसहित)

गोकर्णेश्वर खबर७ भाद्र २०७७, आईतवार २३:२५ मा प्रकाशित (३ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को प्रभाव नेपालमा निरन्तर बढिरहेको छ । शनिबारसम्मको तथ्याङ्कअनुसार नेपालमा ३१ हजार १ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । १ सय ४६ जनाले ज्यान गुमाइसकेका छन् ।

संक्रमितमध्ये १८ हजार ३ सय ५० जना संक्रमणमुक्त भइसकेका छन । भने १२ हजार ६ सय २१ जना सक्रिय संक्रमित रहेका छन । जसमध्ये १ सय ४७ जना गम्भीर अवस्थामा रहेका छन ।

देशभर १ सय ३५ जना आइसियुमा, १२ जना भेन्टिलेटरमा उपचाररत छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ सय ३५ जनाको आइसियु र १२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिए ।

भेन्टिलेटरमा रहेका १२ जना सबै बागमती प्रदेशमा छन् । प्रदेश १ मा १५ जना, प्रदेश २ मा ४६ जना, बागमती प्रदेशमा ५२ जना, प्रदेश ५ मा १६ जना र कर्णाली प्रदेशमा ६ जनाको आइसियुमा उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट प्रदेश नम्बर दुई सबैभन्दा बढी प्रभावित बनेको छ । प्रदेश नम्बर दुईमा संक्रमितको संख्या ८ हजार ९ सय ६५ पुगेको छ ।

संक्रमितमध्ये प्रदेश नम्बर २ मा मात्रै ६२ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ८ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ४ हजार ५४ जना संक्रमणमुतm भएका छन ।

प्रदेश नम्बर २ मा कोरोना संक्रमणको जिल्लागत अवस्था

धनुषा
कुल संक्रमित : १,१८६
संक्रमणमुक्त : ७६९
मृत्यु : ११
सक्रिय संक्रमित : ४०६

पर्सा
कुल संक्रमित : १,९२८
संक्रमणमुक्त : ४६७
मृतक : २८
सक्रिय संक्रमित : १४३३

बारा
कुल संक्रमित : ६१०
संक्रमणमुक्त : २०४
मृत्यु : ८
सक्रिय संक्रमित : ३८८

महोत्तरी
कुल संक्रमित : १,११४
संक्रमणमुक्त : ४२३
मृत्यु : १
सक्रिय संक्रमित : ६९०

रौतहट
कुल संक्रमित : १,७३६
संक्रमणमुक्त : ७९९
मृत्यु : ३
सक्रिय संक्रमित : ९३४

सप्तरी
कुल संक्रमित : ६९४
संक्रमणमुक्त : ४७८
मृत्यु : ५
सक्रिय संक्रमित : २११

सर्लाही
कुल संक्रमित : १,२९३
संक्रमणमुक्त : ६९०
मृत्यु : ३
सक्रिय संक्रमित : ६००

सिरहा
कुल संक्रमित : ४०४
संक्रमणमुक्त : २१४
मृत्यु : ३
सक्रिय संक्रमित : १८७

पर्सा, रौतहट, महोत्तरी र सर्लाहीमा पछिल्लो समय संक्रमितको संख्या तीव्ररुपमा बढिरहेको छ । ६२ मृतकमध्ये २८ जना पर्साका मात्र रहेका छन ।