आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जद्वारा ट्राफिक प्रहरीलाइ स्वास्थ्य सुरक्षा सामग्री सहयोग

गोकर्णेश्वर खबर६ भाद्र २०७७, शनिबार १४:०५ मा प्रकाशित (३ साल अघि) ८३१ पाठक संख्या

काठमाडौं – लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले ट्राफिक प्रहरीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

सामाजिक क्षेत्रमा सक्रिय क्लबले कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि अग्र मोर्चामा खटिएका ट्राफिक प्रहरीलाई स्यानीटाइजर, मास्क लगाएतका सामाग्री हस्तान्तरण गरेको हो ।

शनिबार एक कार्यक्रमवीच लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका प्रेसिडेन्ट गेन्द्र लामा तथा डिस्ट्रिक क्याबिनेट एडिसनल ट्रेजरर लायनराजन श्रेष्ठ (धरातल)को उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी वृत बौद्द जोरपाटीका कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक नबिन कुमार अधिकारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्  ।

क्लबले कोभिडको नियन्त्रणका लागी रातदिन नभनी जनताको सुरक्षामा खटिएका ट्राफिक प्रहरीलाई भन्दै ५ लिटर स्यानीटाइजर, ५० पिस केएन ९५ मास्क लगाएतका सामाग्री प्रदान गरेको हो ।

स्वास्थ्य सामग्री बुझ्दै महानगरीय ट्राफिक प्रहरी वृत बौद्द जोरपाटीका कार्यालय प्रमुख ट्राफिक प्रहरी निरीक्षक नबिन कुमार अधिकारीले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामा सक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताए । उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिए ।

निरीक्षक अधिकारीले  उक्त  स्वास्थ्य सुरक्षा सामग्रीहरू आफ्नो मातहतमा रहेका सम्पूर्ण ट्राफिक प्रहरीलाई वितरण गरिने  बताए ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्जका प्रेसिडेन्ट गेन्द्र लामा तथा डिस्ट्रिक क्याबिनेट एडिसनल ट्रेजरर लायन राजन श्रेष्ठ धरातलले कोरोना महामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाट बच्न र काम गर्ने मनोबल थप उच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको बताए ।

उनले आगामी दिनमा पनि ट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरन्तर अगाडि बढ्न लायन्स क्लब अफ काठमाडौं लिडरशिप फर चेन्ज तत्पर रहेको उल्लेख गरे।