आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

नेपाली जनसम्पर्क समिति अमेरिकाले गरे बाढीपहिरो पिडीतलाई रु,२ लाख भन्दा बढी आर्थिक सहयोग

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार ०८:०१ मा प्रकाशित (३ साल अघि) ४९२ पाठक संख्या

न्युयोर्क,

नेपाली जनसम्पर्क समिति अमेरिकाले गरे बाढीपहिरो पिडीत दुई जिल्लाको लागि रु,२ लाख ८ हजार ३ सय चौहत्तर रुपैयाँ आर्थिक सहयोग।

नवगठीत समितिको सभापति धनन्जय नरसिंहकेसीको सभापतित्वमा सम्पन्न बैठकले निर्णय गरी हाल नेपालमा दैविकप्रकोप बाडिपहिरो बाट पीड़ित भएका जिल्लाहरू मध्ये सिन्धुपालचोकमा रु, १ लाख ४ हज़ार १ सय ३१ त्यसैगरी म्याग्दीमा रु, १ लाख चार हज़ार २ सय ४३ सहयोग स्वरूप आज रेमिट्यान्स गरि पठाएको छ ।

दुबै जिल्लामा सिन्धुपालचोकमा नेपाली कांग्रेसको सभापति क्रमस बिकास लामा र म्यागदीमा नेपाली कांग्रेसको सभापति खम बहादुर गुर्जवा मार्फत पठाएको छ ।  अविरल बर्षाका कारण म्याग्दी र सिन्धुपाल्चोक जिल्लामा ठुलो धनजनको क्षति भए पश्चात, म्याग्दी र सिन्धुपालचोक कांग्रेस जिल्ला कार्य समितिले बाढी-पहिरो पिडित हरुका लागि स्थापना गरेको राहत कोष खातामा सिधै जम्मा हुने गरि म्याग्दी कांग्रेसका जिल्ला सभापति खम बहादुर गर्बुजा र म्याग्दी जिल्ला कार्य समितिको नाममा १ लाख ४ हजार २४३ रुपैयाँ जन सम्पर्क समिति अमेरिकाले हस्तान्तरण गरेको छ ।

उक्त रकमबाट सिन्धुपालचोक र म्याग्दीमा पीडितहरुलाई अति आबस्यक सामग्री हस्तान्तरण गरिने सभापति केसीले जानकारी गराएको छ ।

सहयोगी दाताहरुको नामवली यस प्रकार छन्। 

कार्यसमितिका पदाधिकारीहरु :-
सभापति- धनन्जयनरसिंह केसी
वरिष्ठ उपसभापति- डा हेम चटौत
उपसभापति- ईश्वर सापकोटा, सागर कॅंडेल, अनन्तराज सुवेदी,  प्रतिक पाण्डे
महासचिव – सुभाष घिमिरे
सचिव- मुक्ति पन्त
सचिव- खड्ग उप्रेती
कोषाध्यक्ष:- क्रान्ति अर्याल
सदस्यहरु:-

प्रमोद सिटौला, जगन्नाथ गौतम, राम मिश्र, नेत्र केसी, प्रभात सापकोटा, लक्ष्मी त्रिखत्री परियार,आंगछिरिंग शेर्पा,भेषबहादुर कॅंडेल,डा अम्बरबाबु भण्डारी, इन्द्र सिटौला, हरिराज खनाल, विकास थापा, निर्मल थापा, सुरेश हमाल (बेग), श्रीराम थापा, अनुप अधिकारी, सुमन आचार्य, दीपकराज पन्त, रामकृष्ण भट्ट, राज ढुंगाना, अर्जुन बम, शशीचन्द्र अधिकारी

सल्लाहकारहरु:-

विष्णु सुवेदी, रविना थापा, कृष्ण लामिछाने, भक्त थापा,मिंगमर शेर्पा,आशा बत्स ,अमृता राना,प्रियरन्जन दाहाल र अमृत सापकोटा रहेका छन।

सभापति धनन्जयनरसिंह केसीले व्यक्तिगत तथा संस्थागत रुपमा बिभिन्न चरणमा सामाजिक कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आईरहेका छन।