आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

प्रदेश प्रमुख शेरचनलाई नयाँ नक्सा हस्तान्तरण

गोकर्णेश्वर खबर२७ असार २०७७, शनिबार ०७:५९ मा प्रकाशित (३ साल अघि) १४५४ पाठक संख्या

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा हस्तान्तरण गरिएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर नापी कार्यालय कास्कीका प्रमुख नापी अधिकृत खिमलाल गौतमले प्रदेश प्रमुख शेरचनलाई अध्यावधिक गरिएको नेपालको नयाँ नक्सा शुक्रबार हस्तान्तरण गरेका हुन् । नक्सा ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले नापी कार्यालय, कास्कीलाई धन्यवाद व्यक्त गरे ।

नक्सा हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालय, गण्डकी प्रदेशका सचिव हरिप्रसाद बाँस्तोलासमेत उपस्थित थिए । रासस