आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेस—माओवादीले आलोपालो गर्ने

गोकर्णेश्वर खबर९ चैत्र २०७९, बिहीबार ०८:२३ मा प्रकाशित (१ साल अघि) ३५ पाठक संख्या

९ चैत, काठमाडौं । राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा एमाले–माओवादीसहितको गठबन्धन फुटेपछि गण्डकी प्रदेश सरकार धरमराएको छ ।

साथै एमाले नेतृत्वको गण्डकी सरकारलाई दिएको विश्वासको मत माओवादीले फिर्ता लिने र कांग्रेस—माओवादी मिलेर नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य जारी छ । गण्डकीमा सरकारको नेतृत्व कांग्रेस—माओवादीले आलोपालो गर्ने सहमति भएको छ ।

एमाले नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता नलिईसकेको भए पनि सरकारको नेतृत्व दुवै पार्टीले आलोपालो गर्ने सहमति भएको छ ।