आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

गण्डकी प्रदेश माओवादी संसदीय दललाई प्रधानमन्त्रीको निर्देशन

गोकर्णेश्वर खबर९ चैत्र २०७९, बिहीबार २१:४९ मा प्रकाशित (१ साल अघि) ५३ पाठक संख्या

९ चैत, काठमाडौं । माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् । गण्डकीमा केन्द्रको निर्णय पर्खिएर बसेको माओवादी संसदीय दललाई अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो निर्देशन दिएका हुन् ।

प्रचण्डको निर्देशनपछि बिहीबार नै बैठक बसेर निर्णय गर्ने तयारी गरेको माओवादी संसदीय दलले सांसदहरु पोखरा बाहिर भएकाले शुक्रबार बैठक बोलाएको छ ।

एमाले लगायतका दलको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिएर सत्ता समीकरण फेरेपछि सोमबार दोस्रो पटक विश्वासको मत लिएसँगै प्रदेश सरकारको पनि पुनर्गठनको कसरत भएको हो ।

चुनावकै बेला मुख्यमन्त्री बनाउने वचन दिएका नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्न केन्द्रमा शीर्ष नेताहरुसँग छलफल गरिरहेका छन् ।

माओवादी भने अहिले एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा २ मन्त्रीसहित सहभागी छ । अघिल्लो सरकारकै पालादेखि मुख्यमन्त्रीको दाबी गरिरहेका हरिबहादुर चुमानले यसपटक माओवादीले नेतृत्व पाउनुपर्ने बताउँदै नयाँ सरकार गठनको प्रक्रियाका निम्ति केन्द्रको निर्देशन कुरिरहेको बताएका थिए ।