आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

शंखरापुर नगरपालिकाले आव ७७/७८ को लागि प्राथमिकताहरु

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार ०७:२५ मा प्रकाशित (३ साल अघि) ३३१ पाठक संख्या

काठमाडौँ,असार १४ ।शंखरापुर नगरपालिकाले आगामी आर्थिक वर्ष को लागि प्रस्तावित बजेट तथा कार्यक्रमको बारेमा जानकारी गराउने उदेश्यले शुक्रबार नगरपालिका भवनमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङले शंखरापुर नगरपालिकाले आव ७७/७८ को लागि प्राथमिकता दिइएका बिषयहरुको  बारेमा जानकारी गराएका थिए ।

उनले शंखरापुर नगरपालिकालाइ बालमैत्री नगर घोषणा गरिने, बेरोजगारीहरुको तथ्यांक संकलन गर्न हेल्प डेस्क खडा गर्ने, नगर अस्पताल स्थापना गर्ने, भौतिक पूर्वाधार तर्फ २४.१६ प्रतिशत बजेट बिनियोजन गरेको पनि बताए ।त्यस्तै स्वास्थ्य था कृषिक्षेत्रलाई प्राथमिकतामा राखेको, शिक्षक बिदाइ कार्यक्रम, भाग्योदय क्याम्पसको ब्यवस्थापन नगरपालिका अन्तर्गत संचालन गर्ने, साँखु बसपार्कको डि .पी.आर  तयार गर्ने काम अन्तिम चरणमा रहेक पनि जानकारी गराए।  त्यस्तै नगरपालिकाको प्रशासनिक भवन तथा ३ वटा वडा भवन निर्माणको शुरुवात गर्ने,  तरकारी बजार व्यवस्थापन र संचालन गर्ने त्यसैगरि कृषि बिमा, पशु बिमा, पकेट क्षेत्र ,आलु जोन आदि कार्यक्रम अगाडी बढाइएको पनि बताए।

त्यसै गरि नगरभित्रका बेरोजगारहरुलाई काम संग जोड्ने कार्यक्रम, बन बातावरण तथा फोहोर मैला व्यवस्थापनलाइ जोड दिइएको बताउदै वडा नं ५ र पद्ममहालक्ष्मी मन्दिर जोड्ने झोलुंगेपुल निर्माण गर्ने कार्यक्रम रहेको पनि बताए ।  त्यसै गरि  पूर्वाधार तर्फ, पर्यटन प्रवर्द्धन तर्फ र सुशासन प्रवर्द्धन तर्फ पनि नगरले प्राथमिकता दिएको बताए ।