आज: १४ बैशाख २०८१, शुक्रबार | Fri, 26, Apr, 2024

चाँपाबोट मा.वि.ले मनायो ४१ औं वार्षिकोत्सव

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७८, शनिबार २१:५३ मा प्रकाशित (२ साल अघि) ६१६ पाठक संख्या

१४ फागुन, काठमाडौं । शंकरापुर नगरपालिका वडा नं. १ मा रहेको चाँपाबोट मा.वि.ले ४१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले वार्षिक परिक्षा तथा सप्ताहव्यापि रुपमा आयोजना गरिएको विभिन्न खेलकुद विधाको पुरस्कार वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाले बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई नगद छात्रवृत्ति समेत वितरण गरिएको लामाले बताए । समारोहमा विद्यालयका प्रध्यानाध्यापक विष्णु कटुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

४१ औं वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णमान लामाको अध्यक्षतामा भएको थियो । समारोहमा शिक्षाप्रेमी रमेश तिवारी, रिलायबल लाईफ ईन्स्योरेन्सका प्रतिनिधि अर्जुन खतिवडा, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष पुरुषोत्तम ढकाल, सचिव बच्चु चौंलागाई, संस्थापक अध्यक्ष सुरेन्द्र दाहाल तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु सन्त बहादुर तामाङ, पूर्णमान तामाङ, गोमा ढुंगाना, पुण्यवती ढुंगाना, कमला तामाङ लगायतको उपस्थिती रहेको थियो । विद्यालयले सांस्कृतिक कार्यक्रम सहित स्थापनाको ४१ औं वार्षिकोत्सव मनाएको छ ।