आज: १५ बैशाख २०८१, शनिबार | Sat, 27, Apr, 2024

आजबाट स्वस्थानी व्रत प्रारम्भ

गोकर्णेश्वर खबर२२ पुष २०७९, शुक्रबार ०९:३७ मा प्रकाशित (१ साल अघि) ७९ पाठक संख्या

२२ पुष, काठमाडौं । सनातन धर्मावलम्बीहरुको धार्मिक आस्था बोकेको स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म चल्ने स्वास्थानी व्रत बस्दा सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगव्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

व्रत अवधिभर भगवान शिवको पूजा आराधना गरिन्छ । सत्य युगमा भगवान् विष्णुको सल्लाहअनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पूरा भएको विश्वासमा व्रतकथा र माघ स्‍नानको प्रचलन रहेको विश्वास गरिन्छ । व्रतका प्रभावले शिव–पार्वतीको विवाह भएको कुरा पौराणिक धर्म ग्रन्थहरुमा पनि चर्चा भएका कारण परम्परागत रुपमा उक्त व्रतकथा प्रचलित हुँदै आएको भनाइ छ ।

स्वस्थानीको अवसरमा काठमाडौं शाँखु स्थित शालिनदी क्षेत्रमा १ महिनासम्म विशेष मेला लाग्दछ । देशभरबाट हजारौं तिर्थालु र व्रतालुहरु स्वस्थानी माताको दर्शन गर्न शाँखु आईपुग्दछन् ।