आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

मासिक १०० अभियानबाट आज शंङ्खरापुरका ९ जना छात्रछात्रालाई सहयोग

गोकर्णेश्वर खबर२७ जेष्ठ २०७९, शुक्रबार २०:२४ मा प्रकाशित (१ साल अघि) ४८१ पाठक संख्या

२७ जेठ, काठमाडौँ । मासिक १०० अभियान नेपालले आज शंङ्खरापुर नगरपालिका–९ स्थित श्री रास्ट्रिय माध्यमिक विद्यालयका ९ जना छात्रछात्रालाई सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेको र अघिल्लो बर्ष दिईएको छात्रवृत्तिलाई निरन्तरता दिंदै अभियानले सहयोग गरेको हो । विद्यालय प्रशासनको आग्रहमा आज ९ जना छात्र/छात्राहरुका लागि अभियानले मासिक शुल्क, विद्यालय पोशाक तथा भर्नाका लागि नगद रु ३० हजार सहयोग गरेको हो ।

मासिक १०० अभियान नेपालले यस वर्षको शैक्षिक सत्रमा भर्ना अभियान अन्तर्गत ३ वटा बिध्यालयमा भर्ना अभियान सम्पन्न भै सकेको जनाएको छ । यसैगरी अझै ३ वटा बिद्यालयमा यो भर्ना अभियान अन्तर्गत सहयोग गर्न बााकी रहेको जनाएको छ ।

अभियानका अनुसार आगामी दिनमा अभियानले बुढानिलकण्ठ नगरपालिका स्थित बालकुमारी आधारभुत बिद्यालय, गोकर्णेश्वर नगरपालिका स्थित बालसुधार मा.वि. सुन्ताखान, चन्द्रगिरी नगरपालिका स्थित तलेजु मा.वि. र पनौती स्थित दृष्टि बिहिन १० जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री बितरण गर्ने कार्यक्रम गर्ने छ ।

अभियानले संस्थाका सहयोग अभियानहरुमा जोडिएर सहयोग गर्न चाहनेका लागि आबद्धताको लागि आग्रह समेत गरेको छ ।