आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

लायन्स क्लब अफ काठमाडौं दर्पणको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण

गोकर्णेश्वर खबर१५ असार २०७७, सोमबार ००:१५ मा प्रकाशित (३ साल अघि) १०७६ पाठक संख्या

काठमाडौं  -लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं दर्पणको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार कपन भिलेज रिसोर्टमा आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वर, लायन्स क्लब अफ काठमाडौँ दर्पणका कार्यसमिति पदाधिकारीहरुले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरे ।

लायन्स क्लब ३२५ ए वान जोन चियरपर्सन अच्युत बिष्टको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा लायन लायन विकास नगरकोटी,लायन मनोज सुवेदी,लायन सोमा खत्री, लायन गोकुल ढकाल लगायतका लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पहिलो सत्रको अध्यक्षता लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्ष २०१९-२० का प्रेसिडेन्ट लायन ठण्डराज ठकुरीले गरेका थिए । कार्यक्रम संचालन भने जोन चियरपर्सन लायन रामेश पराजुलीले गरेका थिए। राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा लायन मेनुका कोइराला श्रेष्ठले झण्डाको अभिवादन बाचन गरेकी थिइन्।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्ष १९-२० का प्रेसिडेन्ट लायन ठण्डराज ठकुरीले स्वागत मन्तब्य राख्दै क्लबले वर्ष२०१९-२० मा गरेका कार्यक्रमहरुको बारेमा प्रकाश पारे। उनले सेवाका कार्यहरु थुप्रै भएको र माइ एल सी आइ एफमा रिपोर्ट मात्र हर्दा ७५ वटा भन्दा बढी भईसकेको बताए। प्रेसिडेन्ट ठकुरीले वर्ष १९-२० मा गभर्नरको थिम अनुसार एक जना बिद्यार्थीलाइ छात्रवृत्ति दिने योजना रहेको स्मरण गर्दै सबै लायन्स सदस्यहरुको सहयोगको कारण ४ जना बिद्यार्थीलाइ करिब ८० हजार बराबरको छात्रवृत्ति दिन सफल भएको जानकारी दिए । उनले भने ‘गभर्नरको थिम अनुसार एक जना बिद्यार्थीलाइ छात्रवृत्ति दिने योजना त थियो नै तर सबै लायन्स सदस्यहरुको सहयोगको कारण ४ जना बिद्यार्थीलाइ करिब ८० हजार बराबरको छात्रवृत्ति दिन सफल भयौं । कोभिड-१९को महामारीको समयमा देश लकडाउन हुँदा समेत सामाजिक कार्य निरन्तर गरेको सबैलाई अवगतनै छ । अहिलेको अवस्थामा सामाजिक कार्यमा लायन्स क्लब अफ काठमाडौं दर्पण काठमाडौं एरियामा पहिलो रहन सफल भएको छ ।’

प्रेसिडेन्ट ठकुरीले आगामी दिनमा पनि क्लबको नेतृत्व गर्ने लायन हरिकृष्ण पुडासैनीको कार्यकाल थप सशक्त ढंगले सेवाको कार्य गर्दै एकजुट भएर लाग्ने बिश्वास ब्यक्त गर्दै आफ्नो कार्यकालमा जस्तै क्लबलाइ सबैको साथ् र सहयोग रहने बिश्वास ब्यक्त गरे । क्लबको उन्नती र सामाजिक कार्यमा आफुले सकेको साथ र सहयोग सदैव रहने समेत प्रतिबद्धता ब्यक्त गरे । उनले सामाजिक उत्तरदाहित्वबाट कुनै र कतै विचलीत नभई सेवामुलक काम गरेर क्लबको ख्याती लाइ झनै बढाएर लैजानु पर्ने धारणा राखे ।

लायन्स क्लब अफ काठमाडौं दर्पणका २०१९-२० का प्रेसिडेन्ट लायन ठण्डराज ठकुरी (राजन)ले वर्ष२०२०-२१ को लागि चुनिएका प्रेसिडेन्ट लायन हरिकृष्ण पुडासैनीको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरे। कार्यक्रममा क्लबले बर्षभरि गरिएको काम सहितको खर्च बिवरण सार्वजनिक गरी क्लबको हिसाब नयाँ कार्यसमितिका कोषाध्यक्षहरुलाई लाइ हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं दर्पणका वर्ष २०२०-२१ प्रेसिडेन्ट लायन हरिकृष्ण पुडासैनीले पदभार ग्रहण गर्दै क्लबलाइ थप सेवाको कार्यमा अग्रसर बनाउने बताए । उनले वर्ष २०-२१ का डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठको थिम अनुसार काम गर्ने उल्लेख गर्दै आफ्नो कार्यकालमा क्लबलाई उत्कृष्ट बनाउनको लागि सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राखे ।

प्रमुख अतिथि जोन चियरपर्सन लायन अच्युत बिष्टले कोभिड-१९ को महामारी संग जुद्दै सुरक्षित रुपले थप सेवाको कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले सेप्टेम्बर १०१८ मा १९ जना सदस्य सहित क्लब खोलेको स्मरण गर्दै बिष्टले क्लब ३ वर्षमा प्रवेश गर्न लागेको बताउँदै यो तीन बर्षको बिचमा क्लबले सेवाका थुप्रै कार्यहरु गरेको बताए। ‘क्लब भित्र रहेको टीम मिलेको हुनाले धेरै सेवाको कार्य गर्न सफल भयौं’ उनले भनें ‘आगामी दिनमा थप सशक्त ढंगले क्लब संचालन गर्नुपर्छ ।’

प्रमुख अतिथि बिष्टले लायन वर्ष २०२०-२१को सरुवातसंगै क्लबले बिभिन्न कार्यक्रम आयोजना गर्न लागेको भन्दै सक्रिय रुपमा सबै सदस्यहरु सहभागी भइ कार्यक्रम सफल बनाउन समेत अनुरोध गरे । लायन्स क्लबले वृक्षारोपण रक्तदान निशुल्क भोजन लगायतको कार्यक्रम समाबेश गरि लायन नया वर्ष मनाउने भएको छ । कार्यक्रममा लायन मनोज सुवेदीले धन्यबाद ज्ञापन गरेका थिए ।

फोटो /सरोज बस्नेत