आज: २१ बैशाख २०८१, शुक्रबार | Fri, 03, May, 2024

नेपालमा थप २ सय ३२ जनामा कोरोना संक्रमण

गोकर्णेश्वर खबर१० माघ २०७७, शनिबार १७:२४ मा प्रकाशित (३ साल अघि) ७६१ पाठक संख्या

काठमाडौं, १० माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ सय ३२ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको छ ।

उपत्यकामा १ सय ९ जनामा संक्रमण

यसैगरी काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय ९ जना संक्रमित फेला परेका छन् । जसमा ४९ जना महिला र ६० जना पुरुष रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख २५ हजार ७ सय ४३ पुगेको छ ।