आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना संक्रमण

गोकर्णेश्वर खबर६ श्रावण २०७९, शुक्रबार ०७:०८ मा प्रकाशित (१ साल अघि) ३८० पाठक संख्या

वासिङ्टन डिसी – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ । उनलाई संक्रमण भएको पुष्टी व्हाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले गरेकी हुन् ।
कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको व्हाइट हाउसले जनाएको छ । उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । ‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनिन् ।
राष्ट्रपति बाइडेन कोरोना निको नहुन्जेलसम्म आइसोलेसनमा रहने व्हाइट हाउसले जनाएको छ । राष्ट्रपति बाइडेनले यसअघि नै कोरोना भाइरसको खोपको बुस्टर डोज समेत लगाइसकेको उनका चिकित्सक डा। केविन ओ कोनोरले बताएका छन् ।