आज: १८ बैशाख २०८१, मंगलवार | Tue, 30, Apr, 2024

लुम्बिनी प्रदेश सभाका सभामुख र कानुनमन्त्रीलाई कोरोना सङ्क्रमण

गोकर्णेश्वर खबर२३ आश्विन २०७७, शुक्रबार १८:५७ मा प्रकाशित (३ साल अघि) १८४ पाठक संख्या

रुपन्देही – लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सभामुख घर्तीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । उहाँलाई ज्वरो आएको र शरीर कमजोर भएपछि पीसीआर परीक्षण गराउनुभएको थियो ।

त्यस्तै शुक्रबार नै लुम्बिनी प्रदेश सभाका कानुनमन्त्री कुलप्रसाद केसीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि मन्त्री केसीले शुक्रबार बिहान लुम्बिनी अस्पताल बुटवलमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

अहिले सभामुख घर्ती मगर सरकारी निवासमै आइसोलेशनमा बस्नुभएको छ । कानुनमन्त्री कुँवर पनि मन्त्री निवासमै आइसोलेशनमा बस्नुभएको छ ।