आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

भोलीबाट १६ गतेसम्म काठमाडौं ६ बौद्धमा बालबालिकालाई फाइजर खोप (सूचना सहित)

गोकर्णेश्वर खबर८ असार २०७९, बुधबार २२:५२ मा प्रकाशित (१ साल अघि) २५८ पाठक संख्या

८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्धमा भोलीबाट ५ देखि ११ वर्ष सम्मका बालबालिकाले कोरोना विरुद्वको फाइजर खोप लगाउन पाउने छन् ।

वडाले जारी गरेको सुचना अनुसार असार ९ गते देखि असार १६ गतेसम्म (सार्वजनिक विदाको दिन वाहेक) खोप लगाउने कार्यक्रम रहेको जानकारी दिएको छ ।

खोप कार्यक्रम ९ गतेबाट १६ गतेसम्म विभिन्न विद्यालयमा लगाईने सुचनामा जनाईएको छ । यसै गरी खोपका लागि विहान १० बजे देखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम संचालन हुने हुँदा आफ्ना विद्यार्थीहरुलाई सहभागी गराई दिनु हुन वडाले विद्यालयहरुलाई आग्रह गरेको छ ।

कामपा ६ बौद्धमा कहाँ कहाँ खोप लगाईन्छ ? वडाबाट जारी गरिएको सूचना पत्र हेर्नुहोस् ।