आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

राष्ट्र बैंकबाट ४३ हजार थान सुन–चाँदीका सिक्का बिक्री

गोकर्णेश्वर खबर२४ कार्तिक २०८०, शुक्रबार १२:५४ मा प्रकाशित (६ महिना अघि) १४३ पाठक संख्या

काठमाडौं,२४ कात्तिक। पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ। काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३हजार थान सिक्का बिक्री गरेकोक हो। राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र २।५ग्रामका सिक्का (असर्फी) तथा चाँदीका १० ग्राम र २५ग्रामका सिक्का ९मेडालियन० बिक्री गर्दै आएको छ।