आज: १७ बैशाख २०८१, सोमबार | Mon, 29, Apr, 2024

इक्वेइडरमाथी अर्जेन्टिनाको जित, मेसीको निर्णायक गोल

गोकर्णेश्वर खबर२२ भाद्र २०८०, शुक्रबार १०:०२ मा प्रकाशित (७ महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ।

शुक्रबार विहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १-० गोलले पराजित गर्‍यो।-
ब्युनोस आयर्समा भएको खेलमा अर्जेन्टिनालाई जिताउन मेसीले निर्णायक गोल गरे।

उनले खेलको ७८ मिनेटमा गोल गरेका थिए। मेसीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए।

छनोटका अन्य खेलमा पाराग्वे र पेरुले गोलरहित बराबरी खेल्दा कोलम्बियाले भेनेजुएलालाई १-० गोलले हराएको छ।