आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

धरानमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

गोकर्णेश्वर खबर१४ श्रावण २०८०, आईतवार १७:३८ मा प्रकाशित (९ महिना अघि) १४२ पाठक संख्या

धरान स् डेंगु संक्रमणका कारण धरान उपमहानगरपालिकामा ८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना महिला र ४ पुरुष रहेको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए।

धरानमा पछिल्लो २४ घण्टामा धरान-११ का १० वर्षीय बालकको मृत्यु भएको मेहताले बताए। बालकको बिहीबार राति बुधबार उपचारका क्रममा मृत्यु भएको छ।

यस अगाडि डेंगु संक्रमित जेठ ३० गते धरान १७, असार १५ गते धरान ११ साउन २ गते धरान १८ र साउन ३ गते धरान ५ का एक(एक जना महिलाको मृत्यु भएको छ। त्यस्तै साउन २ गते धरान ११, साउन ७ धरान २ र साउन ८ गते धरान १० का एक पुरुषको मृत्यु भएको थियो ।

धरानमा डेंगु रोगको संक्रमणले महामारीको रूप लिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छुट्टै डेंगु अस्पताल सञ्चालनमा ल्याएर उपचार सुरु गरेको छ।

डेंगु रोगका संक्रमित बिरामीहरूको संख्या दैनिक रूपमा वृद्धि हुन थालेपछि बिरामीको उपचारलाई सहज बनाउनका लागि छुट्टै डेंगु अस्पताल सञ्चालन गरी बिरामीको उपचारलाई सहज पारिएको प्रतिष्ठानका उपकुलपति प्राडा प्रल्हाद कार्कीले बताए।