आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

ट्वीटरको चरा हटाउँदै एलन मस्क

गोकर्णेश्वर खबर८ श्रावण २०८०, सोमबार ०७:३१ मा प्रकाशित (९ महिना अघि) १८४ पाठक संख्या

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गर्ने भएका छन् । एक ट्वीट गर्दै उनले छिट्टै नै ट्वीटरको ब्रान्ड र सबै चरालाई बिदाइ गर्ने उल्लेख गरेका छन् ।

आइतबार एक ट्वीट गर्दै उनले लेखेका छन्, “र चाँडै हामी ट्विटर ब्रान्ड र बिस्तारै, सबै पक्षीहरूलाई बिदाइ गर्नेछौं ।” सोही ट्वीटमा रिप्लाई गर्दै उनले थपे, “यदि पर्याप्त राम्रो एक्स लोगो आज राति पोस्ट गरियो भने, हामी भोलि विश्वव्यापी रूपमा लोगो लाइभ गर्नेछौं ।
त्यसबाहेक मस्कले लोगोबारे त्यति धेरै केही खुलाएका छैनन् । यसअघि पनि मस्कले ट्वीटरको लोगो परिवर्तन गर्ने सङ्केत दिएका थिए ।

उनले केही दिनका लागि चराको लोगोको ठाउँमा डजक्वाइनको लोगो राखेका थिए ।

त्यसअघि ट्वीटरको कम्पनीको नाम परिवर्तन गरेर एक्स कर्पोरेसन राखेका मस्कले ट्वीटरको लोगो पनि एक्सबाटै राख्ने बताएका छन् ।