आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

गोकर्णेश्वर–८ मा ग्यास प्रयोग सम्बन्धि उपभोक्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न 

गोकर्णेश्वर खबर२० फाल्गुन २०७९, शनिबार २२:०८ मा प्रकाशित (१ साल अघि) १६३ पाठक संख्या

२० फागुन, काठमाडौं । आरूबारी डाँडागाउँ टोल सुधार समिति तथा स्पोर्ट्स स्पेसल क्लवको संयुक्त आयोजनामा गोकर्णेश्वर–८ मा रहेको छहारी क्लवको सभाहलमा ग्यास प्रयोग सम्बन्धि उपभोक्ता जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । आज गोकर्णेश्वर नगरपालिका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता तथा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र बहादुर थापाको सभापतित्वमा सो कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा ग्यास बिक्रेता महासंघ नेपालका अध्यक्ष चन्द्र बहादुर थापाले “स्थानीय निकायसँग ग्यास बिक्रेता, चेतनायुक्त उपभोक्ता तथा तालिम प्राप्त बिक्रेता अभियान” गोकर्णेश्वर नगरपालिकाबाट उद्घाटन गरि देशै भरि यो अभियान शुभारम्भ भएको पत्र नगर प्रमुख दिपक कुमार रिसाललाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसालले अब देखि ग्यास बिक्रेता महासंघसँग समन्वय गरि नगरपालिकाका सबै वडाका वडा सदस्यहरूमार्फत महिला समूह, क्लब, स्कुल, कलेज तथा सामाजिक संघसंस्थाहरूको ग्यास प्रयोग सम्बन्धि जनचेतनामूलक कार्यक्रम सन्चालन गर्ने बताए । उनले ग्यास दुर्घटनाबाट हुने भौतिक तथा मानवीय क्षती नहोस् भन्नाका लागि नगरपालिकाले सचेतना कार्यक्रमलाई प्राथमिकतापूर्वक अगाडी बढाउनेमा जोड दिए ।

कार्यक्रममा ग्यास लिक भइ आगलागी भए वा ग्यास प्रयोगमा अपनाउनु पर्ने सावधानी विषयमा प्रयोगात्मक शिक्षा दिईएको थियो । कार्यक्रममा ग्यास उधोग संघका पूर्व अध्यक्ष शिव प्रसाद घिमिरेले ग्यास आफै नपड्किने र ग्याससँग सम्बन्धित रेगुलेटर, पाइप र चुल्हो कारणले पनि ग्यास दुर्घटना भइरहेको बताए । उनले उपभोक्ता जनचेतनामूलक कार्यक्रम ग्यास बिक्रेता महासंघ नेपाल र नेपाल आयल निगमसँग सहकार्य गरेर देशैभरि लिएर जाने जानकारी समेत गराउनु भयो ।

कार्यक्रम सञ्चालन महासंघका सचिव राजेश दाहालले गरेका थिए ।