आज: १६ बैशाख २०८१, आईतवार | Sun, 28, Apr, 2024

टिकटकमाथिको प्रतिवन्ध फुकुवा हुने प्रधानमन्त्रीको संकेत

गोकर्णेश्वर खबर१८ मंसिर २०८०, सोमबार २०:०२ मा प्रकाशित (४ महिना अघि) २४५ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले टिकटकमाथि सरकारले लगाएको प्रतिवन्ध फुकुवा हुने संकेत गरेका छन् ।

आफ्नो चाहनाले मात्र नभई केपी शर्मा ओली र शेरबहादुर देउवाको जोडबलका कारण सरकारले टिकटकमा रोक लगाएको प्रधानमन्त्री दाहालले बताए ।

सोमबार साँझ सिंहदरबारमा विभिन्न सञ्चार माध्यममा सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री दाहालले भने, ‘पार्टीहरुको बैठक बस्यो कि विपक्षी दलका नेता केपी ओलीले टिकटक कहिले बन्द गर्ने, यसले देश खत्तम पार्‍यो भनेको भन्यै गर्ने । कांग्रेस सभापतिले पनि टिकटक बन्द गर्न किन ढीलो गरेको भन्ने । मैले दुई महिनासम्म त रोकें, तर भनेको भन्यै गरेपछि बन्द गरियो ।’

टिकटकले अलिकति विसंगति भित्र्याएकै छ जस्तो आफूलाई पनि लागेको प्रधानमन्त्री दाहालले सुनाए । आफ्नै घरभित्र पनि त्यस्तो देखिएको बताउँदै उनले भने, ‘अलिकति विसंगति त भित्रिएकै छ भन्ने मलाई पनि लाग्यो । नाति(नातिनाहरु खाली टिकटकमा‘।।’

सरकारले टिकटक बन्द गर्दा जनतामा भने खुशी नै छाएको प्रधानमन्त्री दाहालले दाबी गरे । तर, नागरिक समाज र पत्रकारहरुको सुझावलाई ख्याल गर्दै सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन बनाएर टिकटकलाई नियमन गरिने उनले बताए । प्रधानमन्त्रीले भने, ‘अहिले बन्द गर्नुपरेकाले गरियो, अब नियमनसहित खोल्न सकिन्छ ।’